+
+

जनसंख्या सचिव देवकुमारी गुरागाइँको अवकाश

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १६:२४

२४ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी जनसंख्या प्रशासन सचिव देवकुमारी गुरागाइँले अवकाश पाएकी छिन् । २६ फागुन २०७५मा सचिवमा बढुवा भएकी गुरागाइँ सचिवको ५ वर्षे कार्यकाल पूरा गरेर अवकाश भएकी हुन् ।

यसअघि ६ फागुनमा सचिव सूर्यप्रसाद गौतमले पनि अवकाश पाएका थिए । निजामती किताबखानाको अभिलेखअनुसार ११ चैतमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अवकाश पाउने छन् ।

१७ वैशाख २०८१ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव सुरेश अधिकारी, २८ वैशाखमा वन तथा वतावरण मन्त्रालयका सचिव रेवतीरमण पौडेल, १३ असारमा सिँचाइ सचिव सुशीलचन्द्र तिवारीको अवकाश हुने तय छ ।

अहिले ५८ वर्ष परा भएका सचिव अनिवार्य अवकासमा जाने व्यवस्था छ भने सचिव भएर ५८ वर्ष पुग्नुअघि नै ५ वर्ष सचिवका रुपमा सेवा अवधि पुरा गरेकाहरुले पनि अनिवार्य अवकाश पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?