
२४ फागुन, काठमाडौं । १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी इलेक्सन नगरी उम्मेदवार छान्ने भएको छ ।
प्राइमरी इलेक्सनका लागि आवश्यक पार्टी सदस्य नभएकाले केन्द्रबाट नै उम्मेदवारको टुंगो लगाउने रास्वपाले जनाएको छ ।
कूल मतदाताको एक प्रतिशत पार्टीका सदस्य नभएकाले प्राइमरी हुन नसकेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । इलाम–२ मा एक लाख १८ हजार मतदाता रहेका छन् ।
रास्वपाबाट उम्मेदवारको आकांक्षी राख्ने पाँच जनाको सूची केन्द्रमा आइपुगेको सहमहामन्त्री बुर्लाकोटीले जानकारी गराए ।
‘उम्मेदवार हुन चाहनेको भिजन बाहिर ल्याएर त्यसको आधारमा छनोट गरिन्छ’, बुर्लाकोटीले भने,‘ चैतको ५ सम्ममा उम्मेदवार टुंग्याउने लक्ष्य छ ।’
सहमहामन्त्री बुर्लाकोटीले उपनिर्वाचनमा गठबन्धन नगर्ने बताए । ‘चुनावमा हामी गठबन्धन गर्दैनौं । रास्वपाले आफ्नै उम्मेदवार बनाउँछ’, उनले भने ।
प्रतिक्रिया 4