+
+

६ महिनामा काठमाडौंमा १२ किलोमिटर सडक कालोपत्रे

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १३:०१
फाइल तस्वीर

२४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ६ महिनामा १२ किलोमिटर सडक कालोपत्रे भएको छ ।

महानगरपालिकाले चालु आव २०८०/८१ को अर्धवार्षिक समीक्षामा प्रस्तुत गरेको प्रगति प्रतिवदेन अनुसार यस अवधिमा १२.३६ किलोमिटर सडक कालोपत्रे र ५.६५ किलोमिटर सडक ढलान सम्पन्न भएको हो ।

यस्तै ३.७१ किलोमिटर ढल निर्माण र ६.१३ किलोमिटर सडकमा ब्लक छापिएको छ भने ९७८ वर्गकिलोमिटर सडकमा ढुङ्गा छापिएको छ ।

महानगरको दाबी अनुसार १ साउनदेखि पुस मसान्तसम्म १.४७ किलोमिटर रिटेनिङ् पर्खाल बनाइएको छ । ३ वटा वडा कार्यालय भवन निर्माण गरिएको छ । अन्य ९ वटा भवन निर्माण गरिएका छन् । ३ वटा पार्क बनाइएका छन् । यस अवधिमा १०९ वटा योजना निर्माण सम्पन्न भइसकेका छन् ।

४२२ वटा बोलपत्र मूल्यांकन

महानगरका अनुसार चालु आवमा ४२२ वटा योजनाको बोलपत्र मूल्यांकन हुँदा २७ वटाको मूल्यांकन हुन बाँकी छ ।

महानगरको सम्पदा तथा पर्यटन विभागबाट २४ वटा योजना सम्पन्न गरिएको समिक्षमा प्रस्तुत प्रतिवेदनमा भनिएको छ ।

महानगरका अनुसार चालु आवमा ३७ वटा योजना निर्माणाधीन र ६८ वटा योजना ड्रइङ डिजाइन अवस्थामा छन् । ८ वटा योजना खरिद प्रक्रियामा छन् भने २ वटा खरिद मूल्यांकन प्रक्रियामा छन् ।

अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्नका लागि ५२ वटा विभिन्न संघसंस्थाहरुलाई अनुदान रकम उपलब्ध गराइएको छ ।

यस बर्ष मूर्त सांस्कृतिक सम्पदातर्फ १६१ वटा र अमूर्त सांस्कृतिक सम्पदातर्फ ३२ वटा कार्यक्रम छन् । त्यस्तै चालु क्रमागततर्फ ८९ वटा कार्यक्रम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?