
२४ फागुन, काठमाडौं । काठमाडौंबाट दुई जना मानिस बेपत्ता भएका छन् । जडिबुटीबाट ६० वर्षीय अर्जुन लामा र टोखा नगरपालिकाको बानियाँटारबाट २४ वर्षीय नवीन श्रेष्ठ सम्पर्कविहीन भएका हुन् ।
बेपत्ता अर्जुनका छोरा युवराजका अनुसार, २२ फागुनमा बिहान घरबाट निस्किएपछि बुबा सम्पर्कमा आएका छैनन् । उनले प्रहरी वृत्त, नयाँ बानेश्वरमा समेत खोजतलासका लागि निवेदन दिएका छन् ।
प्रहरी क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजी गरेपनि क्लू नभेटिएको बताएको छ । उनी इन्द्रसरोबर गाउँपालिका–१, मकवानपुरका स्थायी वासिन्दा हुन् ।
बानियाँटारबाट हराएका श्रेष्ठ भने राइड सेयरको मोटरसाइकल चालक हुन् । २ माघमा तीन महिनादेखि घर भाडा नतिरेको भन्दै घरबेटीले खबर गरेपछि उनी हराएको थाहा भएको दाइ विष्णुबहादुर श्रेष्ठले बताए ।
सम्पर्कविहीन भएको थाहा भएपछि प्रहरी वृत्त, महाराजगञ्जमा खोजीका लागि निवेदन दिएको उनले जनाएका छन् ।
प्रतिक्रिया 4