
पोखरा । युरोपस्थित अनलाइनखबकर्मी बसन्त रानाभाटलाई पितृशोक परेको छ । रानाभाटका पिता थीरबहादुर रानाभाटको ७३ वर्षको उमेरमा फागुन २० गते दिउँसो निधन भएको हो ।
विगत डेढ वर्षदेखि अस्वथ थीरबहादुरको पोखरा महानगरपालिका-२१ कृस्ती सिमलचौरस्थित निवासमा निधन भएको हो।
पोखरा महानगरपालिका मेयर धनराज आचार्य, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, कांग्रेस महासमिति सदस्य देवराज चालिसे, कांग्रेस महाधिवेशन प्रतिनिधि गिरीराज गौतम लगायतले पोखरा रामघाट पुगेर रानाभाटप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए।
भारतीय पूर्वसैनिक रानाभाटले सेन्ट्रल रिजर्व पुलिस फोर्समा(सिआरपीएफ) ३० वर्ष लामो समय काम गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4