+
+

 रास्वपाले सोमबार बोलायो केन्द्रीय समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते १६:४१
राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकको फाइल तस्वीर

२६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।

सरकारमा सहभागिता, इलाम- २ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल गर्न २८ फागुन सोमबारको दिउँसो १२ बजे बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

एमाले-माओवादी केन्द्र-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतको गठबन्धन बनेपछि २३ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

जसमा रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

रास्वपाले सरकारमा सहभागी भइसकेपछि त्यसबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो ।

त्यस्तै इलाम- २ मा आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा उम्मेदवार छनोटबारे पनि छलफल गर्ने रास्वपाको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?