+

एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपालले जित्यो स्वर्ण

२०८० फागुन  २६ गते १९:१७ २०८० फागुन २६ गते १९:१७
एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपालले जित्यो स्वर्ण

२७ फागुन, काठमाडौं । भारतमा भएको डब्लुआरएफ एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको जितेको छ ।

भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगितामा नेपालले आरएक्स (हेड टु हेड)मा भारतलाई नै पछि पार्दै स्वर्ण पदक जितेको हो । उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण पदक जितेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।

अध्यक्ष श्रेष्ठका अनुसार एसियाली र्‍याफ्टिङमा नेपालले जितेको यो ऐतिहासिक पदक हो । नेपालबाट सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगरले च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । यस्तै नेपाली टोलीको अफिसियलमा संघका कोषाध्यक्ष महेश थापा र प्रशिक्षकमा भीष्मराज थपलिया थिए ।

हेड टु हेडमा पहिलो भएको नेपाल स्लालममा ८० अंकसाथ तेस्रो हुँदै कांस्य जितेको संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए । यस्तै डाउन रिभरमा भने ६० अंक जोडेको नेपाल चौथो भयो ।

स्लालम, डाउन रिभर र हेड टु हेड गरी तीन विधा समावेश प्रतियोगितामा नेपाल समग्रमा २६० अंक जोड्दै दोस्रो भयो । समग्रमा भारत बेल्गाउँ २७० अंकसाथ पहिलो तथा भारत राइभोला २४८ अंकसाथ तेश्रो स्थानमा रहे ।

विश्व र्‍याफ्टिङ महासंघको आयोजना तथा भारतीय र्‍याफ्टिङ फाउन्डेसनको तत्वावधानमा यही मार्च ३ देखि  भएको प्रतियोगितामा नेपाल, भारत, इरान, ताजिकिस्तान, कजाखस्तान लगायत देशले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ भने इरानले वर्चस्व जमाउँदै तीनै इभेन्टमा स्वर्ण जित्यो ।

र्‍याफ्टिङ र्‍याफ्टिङ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय