+

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले हङकङविरुद्ध फिल्डिङ गर्ने

२०८० फागुन  २७ गते १०:५६ २०८० फागुन २७ गते १०:५६
त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले हङकङविरुद्ध फिल्डिङ गर्ने

२७ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्ने भएको छ ।

मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ ।

फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज भने आज आइतबार सुरु हुन लागेको हो ।

टी-२० आई क्रिकेट नेपाल भर्सेस हङकङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय