+

नेपाल र हङकङबीचको टी-२० आई क्रिकेट पानीले रोकियो

२०८० फागुन  २७ गते ११:४६ २०८० फागुन २७ गते ११:४६
नेपाल र हङकङबीचको टी-२० आई क्रिकेट पानीले रोकियो

२७ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल पानीले रोकिएको छ ।

नेपालविरुछ घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको हो ।

नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् ।  हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए ।

नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी बिना नै हङकङ पुगेको छ ।

फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

नेपाल भर्सेस हङकङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय