
२७ फागुन, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् ।
मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ बढिरहेको भन्दै चिन्ता समेत व्यक्त गरे ।
उनले धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको भन्दै धार्मिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्ने बताए ।
‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गइरहेको छ, यसलाई हामीले रोक्नुपर्छ’ उनले भने, ‘धार्मिक कार्यक्रमहरुमा समाज उत्थानको कुरा हुनुपर्छ, समाजलाई कसरी जोड्ने त्यसतर्फ छलफल हुनुपर्छ न कि यस्ता कार्यक्रमहरुमा समेत नेता कार्यकर्ताहरुलाई बोलाएर तामझाम गर्नुपर्छ ।’
धार्मिक कार्यक्रमहरुमा समेत राजनीति गर्नेहरुलाई सामेल गराउँदा धर्ममा पनि राजनीतिको प्रभाव बढ्दै गइरहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4