+

चौथो मन्जुश्री ट्रेल रेस चैत २३ गते सुरू हुने

२०८० फागुन  २७ गते २२:०६ २०८० फागुन २७ गते २२:०६
चौथो मन्जुश्री ट्रेल रेस चैत २३ गते सुरू हुने

२७ फागुन, काठमाडौँ । नेपालकै लामो रेसको रुपमा रहेको मञ्जुश्री ट्रेल रेसको आयोजनामा हुने चौथो मन्जुश्री ट्रेल रेस’ आगामी चैत २३ गते सुरू हुने भएको छ ।

तीन दिन सम्म हुने यस रेस एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा समेत रहेको आयोजकले जनाएको छ ।

मन्जुश्री ट्रेल रेस अन्तर्गत १०० माइल र १०० किलोमिटर रेसकोको उत्कृष्ट ५ जनालाई एसिया ट्रेल मास्टर्समा सहभागि गराइने संस्थाका अध्यक्ष सुवास थापाले जानकारी दिए । यसबाहेक ५० किलोमिटर रेसमा पनि प्रतिस्पर्धा गराइन्छ ।

चौथो संस्करणको रेसका लागि चाइना, फ्रान्स आदि देशका विश्व वरियातामा उच्च स्थानमा रहेका खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ । जसमा अहिलेसम्म विभिन्न १० देशबाट १३० खेलाडीले सहभागिताको फारम भरिसकेको आयोजकले जनाएको छ ।

यस्तै आयोजकले चौथो संस्करणको मन्जुश्री ट्रेल रेसको लागि नेपाली खेलाडीको आवेदन पनि खुलाइएको जनाएको छ ।

मञ्जुश्री ट्रेल रेसको आयोजना ‘मञ्जुश्री ट्रेल रेस’ नामक गैरसरकारी संस्थाले गरेको हो छ । नेपाल सरकारको सहयोगमा आयोजना हुन लागेको पर्वतीय खेल महोत्सवका विभिन्न आधिकारिक खेलमध्ये ट्रेल रनिङका लागि मन्जुश्री ट्रेल रेसलाई अनुबन्धित गरिएको संस्थाका अध्यक्ष सुवास थापाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकैको दूरीमा ऐतिहासिक भूमिबाट रेस सुरू गर्ने काम मञ्जुश्री ट्रेल रेसले गर्दै आएको छ । काठमाडौं उपत्यकालाई फन्का मारेर रेसको मज्जा लिन सकिने भएकाले मञ्जुश्रीले आयोजना गर्दै आएको यस रेसतर्फ धावकहरुको आकर्षण चुलिँदो छ ।

फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरुको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिन्छ ।

आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अंक प्राप्त गर्छन् जुन आइटिआरए सम्बन्धित न्युनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ ।

१७० किलोमीटर रेसमा पहिलो, दोस्रो र तेस्रफ हुनेले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । १०० किलोमीटर रेसमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

५० किलोमीटर रेसमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै केभिआर १०० स्टेज रेस अन्तर्गत पहिलो, दोस्रो र तेस्रो हुनेले हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

रेसमा सहभागी हुन इच्छुकले मञ्जुश्री ट्रेल रेसको आधिकारिक वेबसाइट मञ्जुश्रीट्रेलरेस डट कममा मार्फत आवेदन दिन सक्नेछन् ।

मञ्जुश्री ट्रेल रेसले हरेक वर्ष रेस आयोजना गर्दै आइरहेको छ । गत वर्ष भएको रेसमा ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना प्रतियोगी सहभागी थिए । जसमध्ये ६९ जना पुरुष र १९ जना महिला थिए ।

विश्वमै चर्चित धावक लिजि हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले निजि पहलमै सन् २०१६ मा यो रुट छिचोले । जिमी ओस्त्रोम, राज प्रधान, नारायण आचार्य लगायतले पटक पटक गरी ट्रेलको वैकल्पिक रुटहरू सहित नक्साङ्कन गरेका थिए ।

विभिन्न चरणमा विभिन्न ब्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रुट पूर्णरुपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो । हाल आएर यो रुटका विभिन्न संघ सस्था आदिले यहि क्षेत्रमा साइलिङ,  हाइकिङ आदि संचालन गरिराखेका छन् ।

एसिया ट्रेल मास्टर्स मञ्जुश्री ट्रेल रेस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय