
२८ फागुन, जनकपुरधाम । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयवासीले बसमा आगजनी गरेका छन् ।
मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको थियो ।
ठक्करबाट जुगल गम्भीर घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् ।
महतो तत्काल उद्दार गरेर प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लगिएको थियो । प्रादेशिक अस्पतालले रेफर गरेपछि उनलाई अहिले ग्वार्कोस्थित विएण्डबी अस्पतालमा भर्ना गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीले बताए ।
प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4