
२८ फागुन, काठमाडौं । चर्को आवाजमा डिजे बजाएको आरोपमा बारामा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–९, रामपुरका ३० वर्षीय मनौवर मियाँ रहेको डीएसपी दधिराम न्यौपानेले बताए ।
सोमबार अपराह्न ३ बजेतिर कलैया बजारमा चर्को आवाजमा डीजे बनाएर ध्वनि प्रदूषण गरेको आरोपमा उनलाई पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका मियाँ नेपाल सुनिल ब्याण्ड कलैयासँग आवद्ध छन् । उनीविरुद्ध के कसूरमा मुद्दा चल्छ वा रातिसम्ममा छाडिन्छन् भन्नेबारे प्रहरीले केही बताएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4