+
+

मन्त्रिपरिषदका ५ समितिमा तोकिए संयोजक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १८:३९

२८ फागुन, काठमाडौं । मन्त्रिपरिषद् बैठकले समितिहरु गठन गरी समितिहरुको समन्वय गर्न संयोजक तोक्ने निर्णय गरेको छ । राजनीतिक समितिको संयोजन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।

आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ तोकिएका छन् । विधेयक समितिको नेतृत्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्नेछन् ।

प्रशासन समितिमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ तोकिएका छन् । सामाजिक समिति संयोजकमा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?