+
+

एमालेले बोलायो संसदीय दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १९:५२

२८ फागुन, काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसदीय दलको बैठक सोमबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । त्यस अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।

यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । साथै, प्रधानमन्त्रीलाई विश्वासको मत नदिन पार्टीका सांसदहरुलाई ह्वीप जारी गरिसकेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?