+

टाइम्स ए र ललितपुर ए लाई खुल्ला थ्री एक्स थ्री बास्केटबलको उपाधि

२०८० फागुन  २८ गते २१:०८ २०८० फागुन २८ गते २१:०८
टाइम्स ए र ललितपुर ए लाई खुल्ला थ्री एक्स थ्री बास्केटबलको उपाधि

२८ फागुन, काठमाडौं । टाइम्स ए र ललितपुर ए ले खुल्ला थ्री एक्स थ्री महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

नेपाल बास्केटबल संघ र थ्री एक्स थ्री नेपाल बास्केटबलको संयुक्त आयोजनामा भएको प्रतियोगितमा टाइम्स ए पुरुषतर्फ तथा ललितपुर ए महिलातर्फ च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमाभएको पुरुषतर्फको फाइनलमा नेपाली राष्ट्रिय टिमका कप्तान सदिश प्रधान सहितको टाइम्स ए ले आर्मी  बी लाई २१-१७ ले पराजित गर्दै उपाधि जितेको हो । टाइम्समा सदिश सहित मनिष केसी, विजय बुर्जा लगायत खेलाडी थिए ।

त्यसअघि टाइम्सले ए ले सेमिफाइनलमा आर्मी ए लाई नै पराजित गरेको थियो भने आर्मी बी ले आर्मीकै सी टिमलाई हराएको थियो ।

यसैगरी महिलातर्फ ललितपुर ए ले आईआईएमएसलाई १७-१४ ले हरायो । ललितपुर ए मा १९औं एसियन गेम्समा थ्री एक्स थ्री राष्ट्रिय टिममा खेलेका गरिसा सिलवाल र मिना गुरुङ लगायत खेलाडी थिए ।

१९औं एसियाडमै थ्री एक्स थ्री को कप्तानी गरेका श्रेषा खड्का राष्ट्रिय टिमकी सदस्य अनुसा मल्ल लगायत खेलाडी आईआईएमएसबाट खेलेका थिए ।

सेमिफाइनलमा ललितपुर ए ले आईएसए नेपाल तथा आईआईएमएसले पोशिलो नेपाललाई हराएर फाइनल पुगेका थिए ।

प्रतियोगिको पुरुषतर्फ च्याम्पियन टाइम्स ए नगद १ लाख र ट्रफी प्राप्त गर्दा उपविजेता आर्मी बी ले ५० हजार प्राप्त गर्‍यो । यस्तै महिलातर्फ च्याम्पियन ललितपुर ए ले नगद ५० हजार र ट्रफी तथा उपविजेता आईआईएमएसले २५ हजार प्राप्त गर्‍यो ।

यस्तै पुरुषतर्फ च्याम्पियन टाइम्स ए का मनिष केसी र महिलातर्फ च्याम्पियन ललितपुर ए की गरिसा सिलवाल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही १५–१५ हजार नगद सहित ट्रफी र गिफ्टह्याम्पर प्राप्त गरे ।

प्रतियोगितामा तीन विदेशी सहित पुरुषतर्फ ३२ तथा महिलातर्फ ८ गरी ४० टिमको सहभागिता रहेको थियो ।

विजेता टोली तथा खेलाडीलाई नेबाका अध्यक्ष भिम सिंह गुरुङ, महासचिव नरेन्द्र थापा, नेपाल बास्केटबल संघका ब्राण्ड एम्बासडर अभिनेता अनुप विक्रम शाहीले पुरस्कार वितरण गरेका थिए ।

थ्री एक्स थ्री बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय