
३० फागुन, काठमाडौं । पहाडी भू-भागमा आज पनि मौसम आंशिक रुपमा बदली भएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसम आंशिक रुपमा बदली भएको हो । जसकारण पहाडी क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिहीबार भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हिमपातसहित छिटपुटदेखि हल्का वर्षाको पनि सम्भावना रहेको छ । हिमपातको सम्भावना शुक्रबारसम्मै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4