+
+

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने नेमकिपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते ११:०१

३० फागुन, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।

नेमकिपाका सचिव प्रेम सुवालले विज्ञप्ति जारी गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका एमाले, माओवादी, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी लगायतको नीति एवम् दृष्टिकोणमा तात्विक भिन्नता नभएकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको उल्लेख छ । प्रतिनिधि सभामा नेमकिपाको एक सिट छ ।

आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?