+
+

चैत ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १४:४७

३० फागुन, काठमाडौं । आगामी चैत ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिकामा चैत ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने उल्लेख छ ।

यो कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयमा सांसदहरुले प्रश्न सोध्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?