
१ चैत, काठमाडौं । प्रतिनिधि सभाको बेठकमा आफ्नो पार्टीको नेम प्लेट तल (भुईं)मा फालिएको भन्दै जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले सभामुख र संसद सचिवालयको ध्यानाकर्षण गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यादवले यस्तो ग’नासो गरेका हुन् ।
‘जनता समाजवादी पार्टी देशको राष्ट्रिय पार्टी हो । यो संसदमा संख्या कम भएता पनि मान समान हुनुपर्छ,’ उनले थपे, ‘म यो बोर्ड (जसपाको बोर्ड) हेरिरहेको छु । जनता समाजवादी पार्टीको बोर्ड तल फालिएको छ । यसमा संसद सचिवालयको ध्यान पुगेको छैन । यसकारण संसद सचिवालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रतिनिधि सभाको बैठक कक्षमा दलहरुको आसनका अगाडि नेम प्लेड राखिएको हुन्छ । त्यही नेम प्लेटलाई सांसद यादवले बोर्ड भनेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4