
१ चैत, काठमाडौं । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले नेपाल जुन चिजमा धनी छ त्यसकै उत्पादन महंगो रहेको बताएका छन् ।
‘हामी जुन चिजमा धनी छौं, यहाँ त्यसकै उत्पादन महङ्गो छ’ उदाहरण दिँदै सांसद साह भन्छन्, ‘नेपालमा उखु जति पनि छ तर, यहाँ चिनी महङ्गो छ ।’
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रश्न गरे, ‘जुन देशमा उखु छैन त्यही देशमा चिनी सस्तो हुने, जहाँ उखुको भण्डार छ त्यो देशमा चिनीको हाहाकार हुने ? महङ्गो हुने ?’
नेपाल जंगलै जंगलको देश भएको तर, विदेशी काठ अयात गर्नुपर्ने वा आउने अवस्था रहेको भन्दै उनले सरकार गम्भीर बन्नुपर्ने बताए । उनी थप्छन्, ‘…सरकार के को लागि ? राज्य के को लागि भन्ने प्रश्न छ ।’
देशलाई अगाडि बढाउन नसक्ने नेतृत्वलाई कुर्सी ओगटेर बस्ने छुट नरहेको पनि उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4