
चैत, काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय आयोगले नेपाल प्रहरीका दुई जना पूर्वप्रहरी प्रमुखमाथि समेत छानबिन गरेको भेटिएको छ ।
तर, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र धिरजप्रताप सिंहविरुद्ध समेत अनुसन्धान भएपनि तस्करीमा संलग्नता पुष्टि हुने आधार आयोगले फेला नपारेको गृह मन्त्रालय उच्च स्रोतले अनलाइनखबरसँग बताएको छ ।
यद्यपि, पूर्वप्रहरी प्रमुख खनालका साझेदार एवं साथी सुबु केसीविरुद्ध भने मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ । सुन तस्करीमा मुछिएको बेल्जियन नागरिक दावा छिरिङसँग केसीको सम्बन्ध देखिएको हो ।
दावाको मोबाइल जाँचमा २० हजार अमेरिकी डलर सुबु प्रताप केसीको अमेरिकास्थित वेल्स फार्गो बैंकमा जम्मा गरेको उल्लेख भएको विवरण छ ।
तर, सीआईबीले त्यसतर्फ गम्भीर अनुसन्धान गरेको फेला नपरेको आयोगको निष्कर्ष छ ।
पूर्वप्रहरी प्रमुख सिंहको पनि सुन तस्करीमा संलग्न दावासँग सम्पर्क भएको फेला परेको थियो । त्यसबारे आयोगले समेत जाँच गरेको थियो । तर, त्यो सम्बन्ध तस्करीसँग जोडिने तथ्यहरु फेला नपरेको गृह स्रोतले अनलाइनखबरलाई बतायो ।
सिंहले यसअघि दावाले आफूलाई चिनियाँ नागरिकहरुबारे सुराकी दिने गरेको स्वीकारेका थिए । तर, सुनमा संलग्नताबारे थाहा नभएको बताएका थिए ।
प्रतिक्रिया 4