
२ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जननरसिंह केसीले सुन तस्करीमाथिको अनुसन्धान प्रतिवेदन अनुसार कारबाही हुनुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सुन तस्करीबारे २०७५ सालको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका हुन् ।
‘साढे ३३ किलाे सुन काण्डपछि ईश्वर पौडेलको नेतृत्वमा सुन तस्कारी छानबिन समिति गठन भएको थियो । ७५२ पेजको प्रतिवेदनमा सम्पूर्ण कुरा छ । त्यो प्रतिवेदन २०७५ सालमै प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाइएको थियो । तर, अहिलेसम्म गायब छ’ उनले भने ।
२०७५ सालको उक्त प्रतिवेदन र पछिल्लो समय गठित सुन तस्करीमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गरेर त्यसअनुसार कारबाही भए तस्करी नियन्त्रण हुन सक्ने उनको भनाइ छ । उनी भन्छन्, ‘अहिलेको सुन तस्कारीको छानबिन प्रतिवेदनलाई पनि नलुकाइयोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4