
२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई टीयू क्रिकेट ग्राउण्डमा फ्लड लाईट र स्कोरबोर्ड कहिले बन्छ भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभामा शून्य समयमा बोल्दै सांसद शाहले आफ्नै पार्टीका मन्त्रीसँग जवाफ मागेका छन् । सत्तापक्ष हुँदा वा प्रतिपक्षमा जनसरोकारका आवाज रास्वपाले उठाइरहने बताए । ‘ टियू क्रिकेट ग्राउण्डमा फ्लड लाईट र स्कोरबोर्ड कहिले आउँछ?’ शाहले प्रश्न गरे,‘बहुसंख्यक फूटबल खेलाडीहरु विदेश पलायन हुँदै गएकोमा उनीहरूलाई रोक्ने फर्काउने तयारी के हुँदैछ?’
विश्वमा इ–स्पोर्टस्ले फड़को मारेको बताउँदै शाहले इ–स्पोर्टस्लाई प्राथमिकतामा राख्न उनले सरकारको ध्यानाकर्षण गराए ।
दसरथ रंगशालामा हुने तय भएको बहराइन विरुद्धको खेल हुन नसक्नुको पछाडि भएको कमजोरीको उनले जानकारी मागे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4