
२ चैत, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई पठाउने तयारी गरिएको छ ।
एआईजी किरण बज्राचार्यलाई जिम्मवारीमुक्त गरेर शुक्रबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई उक्त जिम्मेवारी दिने स्रोतले जनाएको छ । ज्ञवाली प्रहरी प्रधान कार्यालयको कार्यविभाग प्रमुख छन् ।
सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको छ ।
आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4