
२ चैत, काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले व्यावसायिक इन्जिनियर प्रमाणपत्र नवीकरणका लागि १५ दिनभित्र बैंक भौचरसहित निवेदन बुझाउन सूचना जारी गरेको छ ।
परिषद्को व्यावसायिक इन्जिनियर वर्गमा दर्ता भइ पाँच वर्ष पुगेका इन्जिनियरहरूले प्रमाणपत्र नवीकरणको लागि हालसम्मको निरन्तर व्यावसायिक विकास तोकिए बमोजिमको ढाँचामा र नवीकरण शुल्क १० हजार परिषद्को बैंक खातामा जम्मा गर्नुपर्ने छ ।
परिषद्का रजिष्ट्रार शिवमंगल गिरीले सूचना जारी गर्दै नवीकरणका लागि बैंक भौचर/प्रमाणसहित १ चैतदेखि १५ दिनभित्र परिषद्मा निवेदन बुझाउनुपर्ने जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4