+

गुमान विश्व मुवाँथाइ च्याम्पियनसिपको सेमिफाइनलमा

२०८० चैत  २ गते १७:५७ २०८० चैत २ गते १७:५७
गुमान विश्व मुवाँथाइ च्याम्पियनसिपको सेमिफाइनलमा

२ चैत, काठमाडौं । नेपालका गुमान घर्ती मगर १९औं विश्व मुवाँथाइ च्याम्पियनसिपको एमेच्योरतर्फ पुरुष ५७ केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गुमानले उज्वेकिस्तानका बर्नोएभ अजिजलाई नकआउट आधारमा पराजित गरी सेमिफाइनलमा पुगेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

यसैगरी पुरुष ५१ केजीमा सुशील शाह ठकुरी, पुरुष ५४ केजीमा गुणराज रुचाल र महिला ४५ केजीमा परिका बतास फाइनलमा पुगेका छन् । तीनै खेलाडी बाइ पाएर फाइनलमा पुगेको अध्यक्ष कक्षपतिले जानकारी गराए ।

मुवाँथाइ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय