
२ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कास्कीको पोखरा–३३ स्थित सरसस्वती टिका स्कुल र कैलालीको धनगडी–४ स्थित सीसीएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
यस्तै ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्यान्ड परिसरमा र सुर्खेतको विरेन्द्रनगर–११ स्थित देउती बजै मन्दिर नजिक परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खाता लगायतबारे जानकारी दिइएको बैंकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4