+

भोलिदेखि आठौं एनभीए महिला तथा पुरुष भलिबल

२०८० चैत  २ गते १९:४५ २०८० चैत २ गते १९:४५
भोलिदेखि आठौं एनभीए महिला तथा पुरुष भलिबल

२ चैत, काठमाडौं । आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाल भलिबल संघको आयोजनामा हुने उक्त प्रतियोगिता चैत्र ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ ।

महिलातर्फ समूह ए मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश छन् । समूह बी मा चन्द्रागिरी नगरपालिका न्यू डायमन्ड, नेपाल एपीएफ क्लब र मधेश प्रदेश छन् ।
पुरुषतर्फ भने १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ए मा हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् ।

समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् । समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् । समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन् ।

हरेक समूहबाट शीर्ष २ टोलीले नकआउट चरणमा स्थान पक्का गर्नेछन् । पुरुषतर्फ क्वाटरफाइनल र महिलातर्फ सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपबाट महिलातर्फ शीर्ष ६ र पुरुषतर्फ ८ शीर्ष टोली एनभिए लिगका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको दुवै तर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।

एनभीए महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय