
काठमाडौं । करिना कपुर, तब्बु र कृति सेनन अभिनित हिन्दी फिल्म ‘क्रू’को ट्रेलर सार्वजनिक भएको छ । यो कमेडी फिल्मले कोहिनूर एयरलाइन्समा काम गर्ने तीनजना एयर होस्टेसको कथा पेश गर्छ ।
मार्च २९ देखि प्रदर्शन तयारीमा रहेको यो फिल्ममा दिलजीत देसाँझ, कपिल शर्मा र राजेश शर्मा पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । ट्रेलरमा करिना, तब्बु र कृतिले आर्थिक रुपमा टाट पल्टिएको वायुसेवामा काम गरेको देखाइएको छ ।
तीनैजना आफ्नो तलब आउने पर्खाइमा छन् । कथानुसार विमानमा एक वृद्ध यात्रुको मृत्यु हुन्छ । तीनै जनाले त्यो यात्रीबाट सुनको बिस्कुट फेला पार्छन् । ती सुनको बिस्कुट चोरेर तीनजनाले भोगेको समस्या र त्यहाँबाट कसरी बाहिर निस्कन्छन् भन्ने विषयमा यो फिल्म बनाइएको छ ।
ट्रेलरलाई दर्शकले रुचाएका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताले कमेडी फिल्मको प्रतिक्षामा आफूहरु रहेको उल्लेख गरेका छन् । फिल्ममा तीनै अभिनेत्रीलाई धेरै प्रयोगकर्ताले मन पराइरहेका छन् ।
राजेश कृष्णनले निर्देशन गरेको यो फिल्मको निर्मातामा एकता कपुर, रिया कपुर, अनिल कपुर र दिग्विजय पुरोहित छन् ।
प्रतिक्रिया 4