
काठमाडौं । सुपरमोडल गिगी हदिद र हलिउड अभिनेता ब्राडली कुपरका केही रोमान्टिक तस्वीरले सामाजिक सञ्जाल तरंगित बनेको छ । तस्वीरमा यो जोडीलाई न्युयोर्कमा डिनर डेटमा देख्न सकिन्छ ।
उनीहरुले ओठमा चुम्बन गरेको देखिएको छ । गिगीले अभिनेता कुपरलाई प्रेम अभिव्यक्ति गर्दै मायालुपूर्वक हेरिरहेको देख्न सकिन्छ । यो जोडीले ओस्कार २०२४ मा सम्बन्धलाई आधिकारिक बनाउने अपेक्षा फ्यानले राखेका थिए तर त्यसो भएन ।
यो डिनर डेटमा गिगी र ब्राड्लीका केही साथीहरु पनि सहभागी थिए । उनीहरु न्युयोर्कको एक इटालिनी रेस्टुरेन्टमा डिनर गर्न पुगेका थिए । यी दुईले ओस्कार रेडकार्पेटमा सँग हिंड्ने र पर्फमर गर्ने हलिउड मिडियाको आशा थियो । तर कुपर चाहिं आमालाई लिएर ओस्कारमा सामेल भए ।
मिडिया रिपोर्टका अनुसार गिगीले ओस्कारमा जान छाडेर तीन वर्षीया छोरी खाईलाई समय दिएकी थिइन् । विवरणमा यो पनि भनिएको छ कि २० वर्ष उमेरको अन्तर भएपनि यी दुईबीचको सम्बन्ध बलियो छ । गिगी २८ र ब्राड्ली ४८ वर्षका भए ।
यूएस विक्लीले भनेको छ, ‘उनीहरुबीच प्रशस्तै मिल्दाजुल्दा स्वभाव छन् । उनीहरुले एक्लै हुर्किएका छोरीहरुलाई अभिभावकत्व दिएका छन् । साथै, उनीहरुले एकअर्कामा ख्यालठट्टा पनि गर्छन् ।’ गिगीले पूर्वप्रेमी तथा गायक जयन मलिकको तर्फबाट खाईलाई जन्माएकी थिइन् ।
प्रतिक्रिया 4