+

पलेसा पेरिस पारा ओलम्पिकमा छनोट

२०८० चैत  ४ गते १३:१२ २०८० चैत ४ गते १३:१२
पलेसा पेरिस पारा ओलम्पिकमा छनोट

४ चैत, काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस पारा ओलम्पिकमा छनोट भएकी छन् ।

चीनमा भइरहेको पारा ओलम्पिकको एसियन छनोटमा पलेसाले के ४४ अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा स्वर्ण जित्दै पारा ओलम्पिकमा स्थान पक्का गरेकी हुन् ।

उनले फाइनलमा इरानी खेलाडी लेल्ला मिर्जाईलाई ५-४ ले पराजित गरिन् । त्यसअघि पलेसाले सेमिफाइनलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।

छनोट चरण पार गरेर पारा ओलम्पिकमा छनोट हुने पलेसा पहिलो नेपाली पारा खेलाडी बनिन् । यसअघि ओलम्पिकतर्फ तेक्वान्दोकै संगीना वैद्य र दीपक विष्टले पनि छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

 

पलेसा गोवर्द्धन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय