
५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले विदेशबाट पाउडर ल्याएर कमिसन खान सरकारले दूध किसानको भुक्तानी नगरेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘विदेशबाट पाउडर ल्याएर कमिसन खानलाई सरकार मग्न छ’ उनले भने ।
कांग्रेस सांसद तिमिल्सिनाले प्रतिपक्षमा रहँदा ज्वालाकुमारी साहले दूध किसानले भुक्तानी नपाएको भनी कुरा उठाएको तर कृषि तथा पशुपक्षी विकासमन्त्री भएपछि त्यस सम्बन्धमा पहल नलिएको पनि बताएका छन् ।
उनले भने ‘प्रतिपक्षमा हुँदा आवाज उठाउनुभएको थियो । अहिले कृषिमन्त्री भएको १० दिन भइसक्यो । कहिले पाउने हो दूध किसानले भुक्तानी ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4