
५ चैत, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले दिलीप महतोलाई पर्यावरण शहीद घोषणा माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अवैध उत्खनन्को विरोध गर्दा क्रसर व्यवसायीबाट महतो मारिएको बताए । पीडित परिवारले सरकारसँग न्याय मागिरहेको तर नपाएको भन्दै उनले के भएको हो त्यसबारे जवाफ दिन सरकारसँग माग गरे ।
घर नजिकको औरही खोलामा अवैध उत्खननको विरोध गर्दै आएका धनुषाको मिथिला नगरपालिका– ५ का महतोको ५ पुस २०७६ मा हत्या भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4