+
+

पूर्वसभामुख महरालाई ७ दिन हिरासतमा राख्न सरकारी वकिलको माग

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १६:३०

५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई जिल्ल अदालत पुर्‍याइएको छ ।

सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ७ दिन हिरासतमा राख्न अनुमति माग्ने सरकारी वकिलको तयारी छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा कपिलवस्तुबाट पक्राउ परेका थिए ।

लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ल्याइएको थियो । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो ।

म्याद थप भएको अवधिमा उनीबारे विस्तृत अनुसन्धान हुने सीआईबी प्रमुख एआईजी श्याम ज्ञवाली बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?