+
+

बच्चा चोरी आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १६:३६

५ चैत, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मानुकमारी सिंहलाई धरौटीमा रिहाका लागि आदेश दिएको हो ।

आइतबारको अधिकारीको इजलासले डेढ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाले सिंहलाई रिहा गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेकी सिंह अदालतको आदेशपछि आइतबार नै धरौटी बुझाएर रिहा भएकी हुन् ।

दैलेखको महाबु गाउँपालिका–६ कि बच्चा चोरीको आरोपमा ११ फागुनमा पक्राउ परेकी थिइन् । उनीविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको थियो ।
११ फागुनमा १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु मानकुमारीले चोरी गरेर लगेको आरोप लागेको थियो ।

प्रहरीले सोही राति १२ बजेतिर काँडाघारीबाट ती महिलालाई पक्राउ गरेको थियो भने शिशुको उद्दार गरेको थियो । बिहे गरेको ३ वर्षसम्म सन्तान नभएपछि प्रसूति गृहबाट शिशु चोरी उनले बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?