
६ चैत, काठमाडौं । कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा भने मौसम सा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो मधेश प्रदेश र कोशी प्रदेशलगाएत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ ।
पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
बुधबार र बिहीबार पनि देशका पहाडी भू-भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4