
काठमाडौं । लोकदोहोरी गायक विष्णु डुम्रेले ‘फरर डोरी’ गीत सार्वजनिक गरेका छन् । जीवन भण्डारीको शब्द रहेको गीतमा विष्णुकै लय संकलन छ भने गायनमा उनलाई कल्पना काफ्लेले साथ दिएकी छन् ।
मायालुलाई प्रेम गाँस्नका लागि आग्रह गरिएको भावको लोकदोहोरी गीतको भिडियोमा लोमस शर्मा र अस्मिता रणपालले अभिनय गरेका छन् । कुमार केसीले निर्देशन गरेको भिडियोमा अजय रेग्मीको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।
गीतलाई मुकेश नेपालीले कोरियोग्राफी गरेका छन् । गीत ‘विष्णु डुम्रे’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4