
६ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघमा महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको पूर्ण बैठकले असोजमा विधान अधिवेशन र माघमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार पार्टीको महाधिवेशन प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा गरिने छ ।
साथै डा. बाबुराम भट्टराई नेतृत्वमा राष्ट्रिय महाधिवेशन आयोजक समिति बनाएको छ भने पार्टीको प्रदेश र स्थानीय समितिलाई अधिवेशन आयोजक समितिमा रुपान्तरण गरिएको छ ।
महाधिवेशन अगाडि २०८१ वैशाखदेखि भदौसम्म पार्टी निर्माण र संगठन विस्तार अभियमान सञ्चालन गर्ने निर्णय समेत भएको छ । कात्तिकदेखि पुरसम्म स्थानीय तह र प्रदेशको अधिवेशन गर्ने समेत नेसपाको निर्णय छ ।
बैठकले माओवादी केन्द्रसँग एकताको सहमति गर्ने अर्का अध्यक्ष महेन्द्र राय यादव सहितका नेताहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । साथै पार्टी एकता ध्रुवीकरण संयोजन समिति समेत भंग गरिएको प्रवक्ता शर्माले बताएका छन् ।
प्रतिक्रिया 4