
६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १५ वैशाखमा हुने इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न प्रारम्भिक निर्वाचनको कार्यतालिका बनाएको छ ।
रास्वपाबाट उम्मेदवार हुन इच्छुकका लागि मंगलबारदेखि १४ चैतसम्म आवेदन दिन भनिएको छ । त्यसपछि प्रारम्भिक उम्मेदवारहरूको नामावली १४ चैतको साँझ प्रकाशन गरिने रास्वपाले जानकारी दिएको छ । प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय १५ चैतको दिउँसो १ बजेसम्म तोकिएको छ । रास्वपाबाट उम्मेदवार हुन इच्छुकसँग त्यसै दिन छलफल गरेर साँझ ८ बजेसम्म नाम टुंगो लगाउने महामन्त्री मुकुल ढकालले जानकारी गराए ।
प्राइमरी इलेक्सन गराउन कूल मतदाताको १ प्रतिशत पार्टी सदस्य नभएकाले केन्द्रीय तहबाट नै उम्मेदवार चयन गरिने ढकालले जानकारी गराए । पार्टीले १६ चैतमा उम्मेदवार टुंगो लगाएर १७ चैतमा सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ ।
इलाम–२ मा १ लाख १८ हजार मतदाता छन् ।
प्रतिक्रिया 4