+
+

आज मनकामना केबुलकार बन्द

रासस रासस
२०८० चैत ७ गते ८:०५

७ चैत, काठमाडौं । मनकामना केबुलकार आज एक दिनका लागि बन्द हुने भएको छ ।

नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले आज एक दिनका लागि सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने र बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

गोरखाको सहिद लखन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाई मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी २०५५ सालमा उक्त केबुलकार सेवा स्थापना भएको थियो।

मनकामना केबुलकार नेपालको पहिलो केबुलकार हो।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?