
७ चैत, काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरका लागि आज बुधबार बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिने भएको छ ।
बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले सूचना सार्वजनिक गर्दै बुधबार बैंकिङ समय सकिएपछि आवेदन लिने कार्य बन्द हुने जनाएको हो । कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गरिरहेको छ । कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गरेको हो । हकप्रद सेयरमा अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।
हकप्रद सेयर निष्कासन गरिरहेको अर्को कम्पनी रिडी पावरमा भने भोलि बिहीबारसम्म आवेदन दिन सकिने भएको छ । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले सार्वजनिक सूचना जारी गर्दै बिहीबार बैंकिङ समयपछि हकप्रद सेयरमा आवेदन लिने कार्य बन्द हुने जनाएको हो । रिडीले १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गरिरहेको छ । कम्पनीले कुल ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
प्रतिक्रिया 4