
७ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद रन्जुकुमारी झाले मदिराको अवैध कारोबारले सप्तरीमा अशान्ति फैलाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले भनेकी छन्, ‘मदिराको अवैध कारोबारको बिगबिगी यति बढ्यो की जिल्लामा अशान्ति फैलियो । यसमा म गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’
नागरिकता ऐन आए पनि आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूले नागरिकता वितरणमा जिल्ला प्रशासन कार्यालयबाट सहजीकरण नभएको गुनासो गरेको पनि उनले बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4