
७ चैत, दाङ। प्युठानबाट रूपन्देहीको बुटवल जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
रा १ ज ७६० नम्बरको टाटा सुमो र ना ५६ प १३८१ नम्बरको दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. १ बगासोतीमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् ।
घाइते भएका उनलाई भालुबाङ अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल रिफर गरिएको छ । घाइतेको परिचय खुलेको छैन ।
भाडाको टाटा सुमोको अगाडिको सिसा फुटेको छ । त्यसमा सवार यात्रु भने सकुशल छन् ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4