
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने भएको छ ।
कम्पनीले बहुप्रतिष्ठित रेटिङ एजेन्सी एएम बेस्टबाट हालै बी प्लस रेटिङ पाएसँगै यी ४ देशमा शाखा विस्तारको प्रक्रिया अघि बढाएको हो ।
ती देशहरुमा शाखा विस्तार भएपछि युरोप, मध्य पूर्व, दक्षिण पूर्व, अफ्रिका तथा अष्ट्रेलिया जस्ता प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन मार्ग प्रशस्त हुने कम्पनीको दाबी छ ।
‘केही महिना अघिमात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न आवश्यक एफआरएन नम्बर पाएर भारतमा शाखा विस्तार गरेसँगै केही वर्षभित्रै भारतबाट करिब १० अर्ब बराबरको पुनर्बीमा व्यवसाय भित्र्याउन सकिनेछ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लखे छ ।
कम्पनीेको हालै सम्पन्न तेस्रो वार्षिक साधारणसभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेसँगै जोखिम वहन क्षमता समेत बढेर जाने र विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन थप टेवा पुग्ने जनाएको छ ।
प्रतिक्रिया 4