
काठमाडौं । मिस नेपाल-२०२४ को टाइटल स्पोन्सरमा डाबर वाटिका नै कायम रहने भएको छ । द हिडन ट्रेजरले बिहीबार विज्ञप्ति जारी गर्दै टाइटल स्पोन्सरको घोषणा गरेको हो ।
दुई वर्षदेखि डाबर वाटिका नै मुख्य प्रायोजकको रुपमा छ । नेपाली महिलाको क्षमतालाई प्रवर्द्धन गर्ने र सौन्दर्यलाई सामाजिक हितमा अघि बढाउने उद्देश्यलाई यो सहकार्यले मूर्तरुप दिने आशा डावर वाटिकाले लिएको उल्लेख छ ।
‘मिस नेपालको आगामी संस्करणमा पनि निरन्तर सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं,’ डाबर वाटिकाका बजार प्रमुख अभयप्रसाद गोर्खालीले भने, ‘आफ्नो विशेषता र क्षमताबाट मानिसलाई बलियो बनाउने कुरामा हामी विश्वास गर्छौं ।’
डाबर वाटिकाले लामो समयदेखि स्याम्पुलगायतका स्वास्थ्य र सौन्दर्यका प्रसाधन उत्पादन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4