
८ चैत, काठमाडौं । अफगानिस्तानको कन्धारस्थित एक बैंकमा आत्मघाती आक्रमण भएको छ ।
तालिबान सरकारले आक्रमणमा परी तीन जनाको मृत्यु भएको बताएको छ । तर स्थानीय अस्पतालमा रहेका चिकित्सकले भने २१ जनाको मृत्यु भइसकेको बताएको छ ।
स्थानीय समयअनुसार ८ बजे कन्धारको बैंकमा त्यसबेला आक्रमण भएको थियो, जतिबेला कर्मचारी तलव निकाल्न लाइनमा थिए ।
विस्फोटमा परी घाइते भएका ५० जनालाई मिरवाइज अस्पतालमा लगिएको बीबीसीले जनाएको छ ।
कन्धारलाई तालिबानको केन्द्र मानिन्छ र, यो यस वर्ष भएको सबभन्दा ठूलो विस्फोट हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4