
८ चैत, काठमाडौं । काम गर्ने क्रममा भीरबाट खसेर मृत्यु भएका मजदुरको शव सशस्त्र प्रहरीले साढे दुई घन्टाको प्रयासमा निकालेको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ जिमिरेस्थित करुवा सेती हाइड्रोपावरमा काम गर्ने मजदुर बिहीवार दिउँसो काम गर्ने क्रममा करिब ३ सय मिटरमाथि भिरबाट खसेका थिए ।
३ सय मिटरमाथिको भीरबाट खसेका गोरखाको शहिदलखन गाउँपालिका–२ घर भएका ५० वर्षीय यामबहादुर थापाको मृत्यु भएको थियो । थापाको शव सशस्त्र प्रहरीले साढे दुई घण्टाको प्रयासपछि निकालेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विशेष विपद् उद्धार टोलीले डोरीको सहायताले शव निकालेको हो । शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4