
८ चैत, काठमाडौं । सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्विट्जरल्याण्ड प्रस्थान गरेको छ ।
संघीय संसद सचिवालयका अनुसार उनीहरु अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४८औं महासभामा सहभागी हुन बिहीबार स्विट्जरल्याण्ड प्रस्थान गरेका हुन् ।
आईपीयू प्रधान कार्यालय स्विट्जरल्याण्डको जेनेभामा छ ।
टोलीमा सभामुख घिमिरे सहित सांसदहरु रमेश लेखक, महेशकुमार बर्तौला, हितराज पाण्डे, सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासे छन् ।
संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसदका उपसचिव प्रदीप गुरागाईं सहभागी छन् ।
टोली यही चैत १६ गते स्वदेश फर्किनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4