
९ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कानूनी सहायता कक्ष स्थापना गरिएको छ ।
बहालवाला, अवकाश प्राप्त कर्मचारी र तिनमा आश्रित परिवार तथा अमर सशस्त्र प्रहरीका परिवारका कानूनी समस्या समाधानका लागि कक्ष स्थापना गरिएको हो ।
२३औं सशस्त्र प्रहरी दिवस, २०८० को अवसरमा कानून महाशाखामा रहने गरी कक्ष स्थापना गरिएको छ ।
न्यून आय भएका तथा न्यायको पहुँचमा पुग्न नसकेकाहरूलाई सहयोग पुर्याउन कक्षको स्थापना गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । ‘यसले लक्षित समूहलाई कानूनी समस्याको सम्बन्धमा आवश्यक परामर्श दिनुको साथै समस्या समाधान गर्न सहयोग पुर्याउने छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4